विपक्षी समर्थकको मोबाइल फुटाइदिएका रोनाल्डोले माफी मागे
काठमाडौ । विपक्षी टोलीका समर्थकको मोबाइल फुटाइदिएका क्रिस्टियानो रोनाल्डोले माफी मागेका छन् ।
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार साँझ रोनाल्डोको टोली म्यानचेस्टर युनाइटेड इभर्टनसँग १–० ले पराजित भएको थियो । यस पराजयले युनाइटेडको अर्को वर्ष च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कमजोर बन्यो । यसले गर्दा रोनाल्डो रिसले चुर भए ।
रिसाएका रोनाल्डो खेल मैदानबाट बाहिर निस्किँदै थिए । सोही बेला इभर्टनका १४ वर्षीय एक समर्थकले मोबाइलबाट भिडियो खिच्न खोजे । रिसले चुर भएका रोनाल्डोले ती प्रशंसकको हातमा हान्दा मोबाइल भुइँमा खसेर फुटेको थियो ।

यो विषय अहिले सामाजिक सञ्जालमा भाइरस भइरहेको छ । धेरैले रोनाल्डोको यो व्यवहारको निन्दा गरेका छन् ।
यसैबीच, रोनाल्डोले पनि आफूले गरेको सो व्यवहारप्रति सामाजिक सञ्जालमार्फत माफी मागेका छन् ।
‘म मेरो यो आक्रोशका लागि माफी चाहन्छु’, उनले इन्स्टाग्राममा लेखेका छन् ।
ताजा अपडेट
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता


प्रतिक्रिया