NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

१६ जिल्लाका सिडिओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेर गरेको छ । २५ जना सहसचिवको सरुवा गर्दा विभिन्न जिल्लाका सिडिओ फेरिएका हुन् ।

सुनसरीमा रामचन्द्र तिवारी, मकवानपुरमा तिर्थराज चिलुवाल, पूर्वी नवलपरासीमा अरुण पोखरेल, पाँचथरमा विष्णुप्रसाद कोइराला, पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठ ,धादिङमा राजेन्द्रदेव पाण्डेलाई खटाइएको छ ।

काभ्रेमा सुर्य प्रसाद सेढाई, इलाममा कल्पना श्रेष्ठ, चितवनमा इन्द्रदेव यादब, सिन्धुपाल्चोकमा भुपेन्द्र थापा, भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायण प्रसाद सापकोटा, सर्लाहीमा गोपाल प्रसाद अधिकारी, कास्कीमा भरतमणी पाण्डे र सप्तरीमा मेघबहादुर मंग्रान्तीको सरुवा भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले सरुवाको निर्णय गरेका हुन् । सरुवामा केही विवादास्पद सहसचिवले पनि महत्वपूर्ण जिम्मेवारी पाएकोमा प्रश्न उठेको छ ।