फुटपाथको काम रोकिएपछि ओलीलाई गिरिबन्धु प्रकरण सम्झाउँदै बालेन भन्छन् –फेरि जेल जानुपर्ला !

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा बनाउन थालेको फुटपाथ भौतिक पूर्वाधार मन्त्रालय मातहतको सडक विभागले रोकेपछि मेयर बालेन शाह आक्रोशित भएका छन् । भौतिक पूर्वाधार मन्त्री एमालेकै रघुवीर महासेठ छन् । काम रोकिएपछि मेयर शाहले एमाले अध्यक्ष केपी ओलीलाई नै किटेर सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् ।
अध्यक्ष ओलीले १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता झुक्याएको उनको आरोप छ । त्यस्तै झापाको गिरिबन्धु चिया बगानको जग्गा घोटालामा पनि ओलीको संलग्नता भएको उनको आशय छ ।
गिरिबन्धु प्रकरणको विषयान्तर गरेर जनता झुक्याउने उद्देश्यले राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा महागनरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थालेको शाहले बताएका छन् ।
महानगरले न्युरोड बनाउन लागेको फुटपाथको कार्य रोकेर सडक विभागले रातारात त्यहाँ पिच गर्न सुरु गरेको छ ।
अध्यक्ष ओलीलाई मेयर शाहको सुझाव छ – समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिला पनि जेल बस्नु भएको हो । धन्यवाद ।
संघर्षकालमा १४ वर्ष जेल जीवन बिताएका ओलीलाई गिरिबन्धु प्रकरणमा फेरि जेल बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै बालेनले व्यंग्य गरेका छन् ।
बरु आफूसँग भएको शक्तिले रिङरोड, बुटवल चितवनको बाटो र अन्य ठूला आयोजनामा लगाउन पनि मेयर शाहको सुझाव छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया