नेपाली मूलका इटालियन फुटबलर विकासले स्वदेश फर्कँदै भने, ‘चाँडै भेटौंला !’
काठमाडौं । नेपाली मूलका इटालियन फुटबलर विकास मेराग्लिया स्वदेश फर्किएका छन् ।
आफू आइतबार इटाली फर्किएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
विकासले च्यासल युथ क्लबबाट सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल खेलेका थिए । तर, उनको टोली रेलिगेसनमा परेको छ ।
नेपालको लिग खेल्नकै लागि विकास १४ वर्षपछि नेपाल आएका थिए ।
यस्तै उनले झापा–११ बाटसमेत नकआउट प्रतियोगिता खेलेका थिए ।
यसैगरी, उनले हिमालयन शेर्पा क्लबबाट पनि मोफसलका केही प्रतियोगिता खेलेका थिए ।
विकासले नेपालमा रहँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
‘नेपालमा रहँदा मलाई ज–जसले सहयोग गर्नुभयो सबैलाई धन्यवाद दिन चाहनछु,’ फेसबुकमा उनले लेखेका छन् । साथै, विकासले आफूले खेलेका तीनवटै क्लबलाई धन्यवाद दिएका छन् ।
चाँडै फर्किने बाचा गर्नसमेत उनले भुलेका छैनन् । ‘१४ वर्षपछि नेपाल बस्न पाएकोमा खुसी छु’, उनले लेखेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया