शनिबार औषधिजन्य जडीबुटी मेला आयोजना हुँदै
काठमाडाैं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले स्वीकृत वार्षिक कार्यक्रम “मेला महोत्सवमा आयुर्वेदिक जडीबुटी प्रदर्शनी” अन्तर्गत औषधिजन्य जडीबुटी मेला आयोजना गर्ने भएको छ ।
मेला शनिबार (भोलि) बिहान ८ बजेबाट नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुुन लागेको हो । औषधिजन्य जडीबुटीको सामान्य ज्ञानलाई नागरिकको घरघरमा पु¥याउने उद्देश्यले सो मेला सञ्चालन गर्न लागेको चिकित्सालयले जनाएको छ ।
उक्त कार्यक्रमको आदर्श वाक्य “जलवायु परिवर्तन तथा स्वास्थ्यका लागि जडीबुटी” रहेको छ । मेलामा नेपालको हिमाल, पहाड र तराइमा उब्जेका बहुमूल्य जडीबुटी प्रदर्शनी, आयुर्वेद तथा हाम्रो परम्परामा रहेका विभिन्न जडीबुटीहरूबाट मिश्रित पथ्य आहार एवं खानपानको जानकारी तथा जनचेतनामूलक क्रियाकलापहरू रहने छ । कार्यक्रमबाट लोपोन्मुख, विश्वभरि अनुसन्धानबाट पुष्टि भएका औषधीय ज्ञान उजागर गर्न एवं नागरिकलाई सूचित गर्न लाभदायी हुने विश्वास लिएको चिकित्सालयको रहेको छ ।
यसै गरी, नेपालमा परम्परागत रूपमा जडीबुटी सङ्कलन, उत्पादन एवं प्रशोधनमा संलग्न हुँदै आइरहेका व्यक्तिहरूबाट अनुभव आदान प्रदान तथा हाल आयुर्वेद, योग तथा जडीबुटीहरूमा भइरहेका नवीनतम ज्ञान एवं सीपहरूमा आधारित विभिन्न वैज्ञानिक सत्रसमेत मेलामा राखिएको छ ।
मेलामा बुद्धिजीवी, चिकित्सक, प्राध्यापक, कृषिकर्मी, वातावरणविद्, परम्परागत स्वास्थ्यकर्मी, अभियानकर्ता एवं जडिबुटी प्रेमीहरूको सहभागी हुने अपेक्षा चिकित्सालयले राखेको छ । त्यस्तै, मेलामा औषधिजन्य जडीबुटीको व्यावसायीक खेती, वैज्ञानिक पद्धतिबाट सङ्कलन, दिगो संरक्षणमा प्रयत्न एवं कृषकबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता एवं चुनौती लगायतका विषयमा सरोकारवालाहरूसँग गहन छलफल कार्यक्रमसमेत रहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया