भक्तपुरमा आफन्तबाट सूचना लिएर दुई करोड लुटियो

काठमाडौं । भक्तपुरमा दुई करोड लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । केहीदिनअघि सिआइबीका प्रहरी हौं भन्दै घरमा छिरेर पैसा लुटिएको थियो ।
काठमार्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय र भक्तपुर प्रहरीले लुटपाटमा संलग्न सबैलाई पक्राउ गरेको हो । केही पैसा समेत बरामद भएको छ ।
स्रोतका अनुसार मन कुमारी राउतको घरबाट पैसा चोरी भएको थियो । उनको घरमा पैसा रहेको आफन्तबाट सूचना पाएर लुटपाट गरिएको प्रहरीले जनाएको छ । राउतको परिवारले कन्सलटेन्सी चलाउँदै आएको थियो । सो पैसा हुन्डीवापतको हुनसक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया