NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ३० गते

चार अर्ब ठगीको आरोपमा प्राइम बैैंकका सञ्चालकसहित ६ पक्राउ

काठमाडौं । कंलकी ट्रेड सेन्टरका व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भनी विश्वास दिलाई ठगी गरेको अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने ६८ वर्षीय नरेन्द्र बज्राचार्य, काठमाडौं महानगरपालिका–१६ बस्ने ५१ वर्षीय राजु महर्जन, ललितुपर महानगरपालिका–१० कुपण्डोल बस्ने ६२ वर्षीय राजेश कृष्ण श्रेष्ठ, पाल्पा तानसेन नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१३ बस्ने ५३ वर्षीय निरन्जन कुमार श्रेष्ठ, कास्की रूपा गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने ५९ वर्षीय चिरञ्जिबी पौडेल र स्याङजा वालिङ नगरपालिका–११ घर भई काठमाडौं टोखा नगरपालिका–७ बस्ने ६१ वर्षीय शान्ति रमण पंगेनी रहेका छन् । नरेन्द्र प्राइम बैंकका सञ्चालक हुन् ।
काठमाडौं महानगरपालिका–२२ न्यूरोडस्थित कंलकी डेभलपर्स र मिला ल्याड डेभलपमेन्ट प्रालिका संचालक समितिका अध्यक्ष नरेन्द्र समेतले कंलकी ट्रेड सेन्टरका व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भनी विश्वास दिलाई पीडितहरूबाट उक्त रकम लिई ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । हाल १३ करोड ठगीको उजुरी परेको र उनीहरुले करिब चार अर्ब रुपैयाँ उठाएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष