पृथ्वी राजमार्ग अवरुद्ध, खुल्न समय लाग्ने

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–३, मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय, मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।
पहिरो पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले सडक खुलाउन केही समय लाग्ने उनले बताइन् ।
अहिले गन्तव्यमा हिँडेका सवारी साधन सडकमा नै रोकिएका छन् । सडक विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा बर्खा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।
प्रतिक्रिया