सेयर बजारमा उछाल
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव ३७ अङ्कले उकालो लागेर चार सय ३६ दशमलव १४ मा पुगेको छ ।
नेप्सेका अनुसार कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर रु १८ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ मा कारोबार भयो । नेपाल इन्भेष्टमेन्ट मेघा बैँक, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तिय संस्था तथा थ्रि स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा दश प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
यस्तै, कुमारी सबल योजना पाँच दशमलव ७६, सिन्धु विकास बैँक चार दशमलव ५७, गुहेश्वरी मर्चेन्ट चार दशमलव २२, एनसिसी डिवेञ्चर तीन दशमलव ९३ र श्री इनभेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले तीन दशमलव ९० प्रतिशतले गुमाए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया