NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ३० गते

सौर्य एयर दुर्घटनाः पाइलट शाक्य आफैं विमानबाट निस्किएका थिए

काठमाडौं । गत बुधबार दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजका पाइलट आफैं विमानबाट निस्किएको खुलेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको नयाँ तस्वीरमा उनी आफैं दुर्घटनाग्रस्त विमानबाट निस्किएर सुरक्षाकर्मीतर्फ गइरहेको देखिन्छ ।

सो विमान आकाशबाट झरेपछि कन्टेनरमा ठोक्किएर दुई टुक्रा भएको थियो । पाइलट रहेको ककपिटतर्फको भाग कन्टेनरभित्र परेको थियो भने पछिल्लो भाग उछिट्टीएर एक सय मिटर टाढा पुग्यो । ककपिट छुट्टिएका कारण पाइलट शाक्य बाँच्न सफल भएका हुन् । ककपिटमा ढिला मात्र आगो लागेको थियो । ककपिटमै रहेका कोपाइलट सुशान्त कटवाल भने चेपिएका कारण उनको समयमा उद्धार हुन सकेन। जसकारण उनले ज्यान गुमाए।

पाइलट शाक्य दुर्घटनाग्रस्त विमानबाट निस्किएलगत्तै सुरक्षाकर्मीले उनलाई त्यहाँबाट अस्पताल पुर्याएका थिए । सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । शुक्रबार उनलाई आइसियुबाट सामान्य क्याबिनमा सारिएको डा.मिना थापाले जानकारी दिइन् ।
१९ जना सवार रहेको सो विमानमा पाइलट शाक्य मात्र बाँच्न सफल भएका हुन् ।

उपचाररत पाइलट शाक्यले टेकअफको क्रममा करिब सय फिट माथि पुगेपछि जहाजलाई आफुले नियन्त्रण नै गर्न नसकेको बताएका छन् । दुर्घटना भएपछि ककपिटको प्वालबाट आफु निस्किएको त्यसपछि सुरक्षाकर्मीले बोकेर एम्बुलेन्ससम्म लगेको उनको भनाई छ ।

ताजा अपडेट

नेपालवाच विशेष