पेरिस ओलम्पिकमा अर्जेन्टिनाको पहिलो जित
काठमाडौं। पेरिस ओलम्पिकको पुरुष फुटबलमा अर्जेन्टिनाले पहिलो जित निकालेको छ । गएराति सम्पन्न समूह चरणको खेलमा इराकमाथि अर्जेन्टिनाले ३–१ गोलान्तरको जित निकालेको हो ।
अर्जेन्टिनाका लागि थियागो अल्माडा, लुसियानो गोनडोउ र इजेक्वेल फर्नान्डेजले समान १/१ गोल गरे ।
एमेन हुसैनले पहिलो हाफको निर्धारित समय सकिन केही मिनेट बाँकी छँदा पहिलो गोल गरे पनि त्यसपछि इराकले कुनै गोल फर्काउन सकेन ।
योसँगै अर्जेन्टिनाले नकआउट यात्रा तय गरेको छ । यसअघि मोरक्कोसँग अर्जेन्टिनाले प्रतिस्पर्धा गरे पनि २–१ ले पराजित भएको थियो ।
अब अर्जेन्टिनाको समूहचरणको तेस्रो तथा अन्तिम खेलमा युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया