पेरिस ओलम्पिकमा अर्जेन्टिनाको पहिलो जित

काठमाडौं। पेरिस ओलम्पिकको पुरुष फुटबलमा अर्जेन्टिनाले पहिलो जित निकालेको छ । गएराति सम्पन्न समूह चरणको खेलमा इराकमाथि अर्जेन्टिनाले ३–१ गोलान्तरको जित निकालेको हो ।
अर्जेन्टिनाका लागि थियागो अल्माडा, लुसियानो गोनडोउ र इजेक्वेल फर्नान्डेजले समान १/१ गोल गरे ।
एमेन हुसैनले पहिलो हाफको निर्धारित समय सकिन केही मिनेट बाँकी छँदा पहिलो गोल गरे पनि त्यसपछि इराकले कुनै गोल फर्काउन सकेन ।
योसँगै अर्जेन्टिनाले नकआउट यात्रा तय गरेको छ । यसअघि मोरक्कोसँग अर्जेन्टिनाले प्रतिस्पर्धा गरे पनि २–१ ले पराजित भएको थियो ।
अब अर्जेन्टिनाको समूहचरणको तेस्रो तथा अन्तिम खेलमा युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया