रुसले युक्रेन युद्धमा कसरी गुमायाे सयौं ट्यांक ?
मस्को । युक्रेनमा भएको आक्रमणको दुई महिनाभित्र रुसले आफ्ना सयौं ट्यांकहरू गुमाएको छ । पश्चिमी देशहरूले युक्रेनलाई दिएका ट्यांकविरोधी हतियारका कारण ट्यांकको यो क्षति भएको सैन्य विज्ञहरू बताउँछन् ।
योसँगै रुसले राम्रोसँग ट्यांकको प्रयोग नगरेकाले पनि धेरै ट्यांकहरु ध्वस्त भएको विज्ञहरु बताउँछन् । युक्रेनी सेनाका अनुसार रुसले ६ सय ८० ट्यांक गुमाउनु परेको छ ।
यसैबीच, युद्धभूमिबाट पठाइएका तस्बिरको आधारमा युक्रेनमा रुसको घाटा विश्लेषण गर्ने सैन्य एवं खुफिया ब्लग ओरिक्सले युद्धमा रुसले ४ सय ६० भन्दा बढी ट्यांक र २ हजारभन्दा बढी सशस्त्र गाडीहरू गुमाएको बताएको छ ।
र्यान्ड कर्पोरेशन र आइआइएसएस (इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्रेटजिक स्टडिज) का अनुसार युक्रेनमा लडाई सुरु भएका बेला रुसले २ हजार ७ सय ट्यांक तैनाथ गरेको थियो ।
युद्धको सुरुवातमा अमेरिकाले युक्रेनलाई २ हजार जेभलिन एन्टी ट्यांक मिसाइलहरु दिएको थियो । पछि पनि २ हजार यस्तै क्षेप्यास्त्र युक्रेनलाई सहयोग गर्यो ।
यो मिसाइल अमेरिकी हतियार कम्पनी लकहिड मार्टिनले बनाएको हो । कम्पनीका अनुसार जेभलिन मिसाइल ट्यांकको कमजोर भागमा गएर विस्फोट हुन्छ ।
सबै रूसी ट्यांक एन्टी-ट्यांक मिसाइलको प्रभाव विफल पार्न सक्ने क्षमता भएका छन् । तर जेभलिन क्षेप्यास्त्रका दुई वटा वारहेडमध्ये पहिलोले ट्यांकीको आर्मरलाई नष्ट गर्छ र दोस्रोले ट्यांकी भित्र पसेर क्षति पुर्याउँछ ।
बेलायतले पनि युक्रेनलाई मद्दत गर्न कम्तिमा ३ हजार ६ सय नेक्स्ट जेनेरेशन लाइट एन्टि ट्यांक मिसाइलहरु पठाएको छ । यी क्षेप्यास्त्रहरू ट्यांकीको माथिबाट जाँदा विस्फोट भएर क्षति पुग्ने गरी डिजाइन गरिएको छ । अमेरिकाले युक्रेनलाई १०० स्विचब्लेड एन्टी ट्यांक मिसाइल दिएको छ । केमिकेज भनिने यी ड्रोनहरूले अपरेटरबाट माइल टाढा रहेको लक्ष्यमा घुमाउन सक्छन् र त्यसमा वारहेड खसालेर नष्ट गर्न सक्छन् ।
ओरिक्स तथ्यांकअनुसार, आधा रूसी ट्यांकहरू युक्रेनी सेनाले न त नष्ट गरे र न क्षतिग्रस्त गरे, तर युक्रेनी सेनाले कब्जा गरे वा युद्ध मैदान मै छोडिदिए । यसले रुसी सेनाकाे एक प्रकारको असफलता र अयोग्यता साबित गरेको विज्ञहरु बताउँछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया