सहकारी ठगीमा एमाले नेता जेल चलान
काठमाडौं । आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका संस्थाका अध्यक्ष कृष्णप्रसाद (केबी) उप्रेती जेल चलान भएका छन् । उनी एमालेका नेता समेत हुन् ।
बचतकर्ताको करिब आठ अर्ब हिनामिनाको आरोप लागेका उनलाई जिल्ला अदालत, काठमाडौंले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
प्रहरीले गत १९ असारमा उनलाई पक्राउ गरेको थियो । उनीविरुद्ध चारवटा छुट्टाछुट्टै मुद्दा दायर भएका छन् । पाँचवटा सहकारी मर्ज भएर गत वर्ष सो संस्था बनेकोमा उप्रेतीलाई अध्यक्ष बनाइएको थियो ।
उप्रेती अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, कुयाङ लामा अध्यक्ष रहेको आइडियल यमुना सहकारी, सुकेधारा, हस्त राउत अध्यक्ष रहेको नागरिक कल्याण बहुउदेश्यीय सहकारी, न्युरोड, मनोजकुमार थापा अध्यक्ष रहेको हाम्रो बहुउद्देश्यीय सहकारी संस्था नैकाप र मोहनकुमार लामा अध्यक्ष रहेको घेदुङ बहुउद्देश्यीय सहकारी संस्था, चुच्चेपाटीबीच मर्ज भएको थियो । सबै सहकारीको छुट्टाछुट्टै जाहेरी लिएर प्रहरीले मुद्दा दायर गरेको थियो ।
जिल्ला अदालतले उप्रेतीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी जेल चलान भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका डिएसपी हरि खतिवडाले बताए । सहकारीका अन्य सञ्चालकहरू भने फरार छन् । राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका उप्रेती एमालेको सहकारी विभागमा सचिवका रूपमा कार्यरत थिए ।
ताजा अपडेट
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना
-
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै


प्रतिक्रिया