सफलताको राज नै आत्मविश्वास

काठमाडाैं । अढाइ दशकभन्दा बढी बैंकिङ र अडिटिङ क्षेत्रमा सक्रिय चार्टर्ड अकाउन्टेन्ट मनोज कुमार ज्ञवाली सफल बैंकर हुन् । ज्ञवाली हाल नबिल बैंकमा डेपुटी सिईओको जिम्मेवारीमा छन् ।
अडिट फर्मबाट करिअर सुरू गरेका ज्ञवालीले पाँच वर्ष नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकमा काम गरे। त्यसपश्चात् सात वर्ष ग्लोबल आइएमई बैंकमा बिताएका उनले ग्लोबल बैंकमा ब्राञ्च म्यानेजरका अलावा चिफ फाइनान्सियल अफिसर र चिफ अपरेटिङ अफिसर जस्ता महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए । ज्ञवालीले ग्लोबल आइएमई क्यापिटलमा संचालक तथा प्रवन्ध संचालकको अनुभव पनि सम्हालेका छन्। त्यस्तै उनले दुई वर्ष डिसिईओ र दुई वर्ष सिईओ भएर ज्योति विकास बैंकको नेतृत्व पनि गरेका छन् ।
यसबाहेक उनीसँग विभिन्न कलेजहरूमा पढाएको अनुभवसमेत छ । उनले ग्लोबल, ब्रिटिस, नेपाल कलेज अफ म्यानेजमेन्ट, काठमाडौं कलेज अफ म्यानेजमेन्टलगायत कलेजहरूमा पढाएका छन् ।
नेपालको एकदमै पछाडि परेको दुर्गम कर्णाली कर्णाली प्रदेश, दैलेख जिल्लाको ग्रामीण भेगमा जन्मिएर काठमाडौंमा आएर सफल बनेका ज्ञवाली युवाहरू माझ निकै लोकप्रिय छन् । उनका प्रेरणादयी स्पिचहरू युट्युबहरूमा हेर्न सकिन्छ ।
ज्ञवाली आफू आज यस ठाउँमा उभिन सफल हुनुमा आफ्नो बलियो आत्मविश्वास र धैर्यताले मुख्य भूमिका खेलेकाे बताउँछन् । कर्णालीजस्तो दुर्गम ठाउँमा जन्मिएकाले प्रतिस्पर्धा गर्न र सफल हुन असम्भव छ भन्ने धेरैको विचार बदलिदिएका उनी सफलताका लागि भूगोलभन्दा मिहिनेत, धैर्यता र आत्मविश्वासले बढी महत्व राख्ने बताउँछन् ।
ग्रामीण भेगमा जन्मिए पनि असल संस्कार र सुविधाकाे प्रभाव मानिसकाे जीवनमा पर्छ । ज्ञवाली पनि अभिभावकले दिएकाे असल संस्कार, राम्रो शिक्षादीक्षा र उच्च आत्मविश्वासले सफल बनेकाे सुनाउँछन् । ‘स्कुल पढ्दा होस् या कलेज पढ्दा, सिए पढ्दा होस् या जागिर गर्दा, मेरो आत्माविश्वासको लेभल जहिले पनि उच्च नै भयो । जसले मलाई सक्दिनँ भन्ने केही लाग्दैन,’ उनले भने ।
ज्ञवालीको विचारमा आफूले लिएको लक्ष्यमा निरन्तर अघि बढ्यो भने सफल हुन गाह्रो छैन । साथै म कमजोर छु, मभन्दा तिनीहरू शक्तिशाली छन् भनेर सोच्यो भने जिन्दगीमा कहिल्यै अघि बढ्न सकिँदैन ।
नेपालवाच र फाइनान्सियल लिट्रेसी नेपालको सहकार्यमा तयार पारिएको टेलिभिज कार्यक्रम ‘कुरा पैसाको’ यो एपिशोडमा उनै मनोज ज्ञवालीसँग बैंकर्स एशोसिएनका पूर्वअध्यक्ष भुवन दहालले कुराकानी गरेका छन् ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया