मधेस प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य
जनकपुर । मधेस प्रदेश प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले आज राति १२ बजेदेखि प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका छन् ।
आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुख मिश्रबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्र सदनमा पढेर सुनाए । प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गत मङ्सिर २९ गतेदेखि सुरु भएको प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत प्रदेशसभाको २० वटा बैठक बसेको छ । १२० दिन चलेको आठौँ अधिवेशनले प्रदेशको नाम ‘मधेस’ र राजधानी जनकपुरधाम टुङ्गो लगाएको छ । यस्तै प्रदेश सरकारले पेश गरेको चार वटा विधेयक पारित गरेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । सो अवधिमा प्रदेश प्रमुख मिश्रले एउटा विधेयक प्रमाणीकरण गरेका छन् ।
यसैबीच आज बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक तथा प्राविधिक विश्वविद्यालय अध्यादेश प्रतिस्थापन गर्न बनेको विधेयक पारित गरेको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया