महिला प्रहरी हत्या प्रकरण : १४ जनालाई मुद्दा चलाउन प्रहरीको राय
काठमाडौं । मोरङको लेटाङमा महिला प्रहरीको हत्या गरिएको घटनामा संग्लग्न भएको आरोपमा १४ जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ ।
मोरङ प्रहरीले अनुसन्धान सकेर आज जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउँदै यस्तो राय दिएको हो ।
प्रहरीले प्रतिवादी बनाउन राय दिइएका सबैजना पुरुष छन् भने एकजना नाबालक रहेका छन् ।
प्रहरीले मुद्दा चलाउन राय दिएका ३ जना भने फरार रहेका छन् ।
गत चैत ६ गते साँझ लेटाङ नगरपालिका–५ शिक्षा विकास मावि परिसरमा प्रदर्शन नियन्त्रण गर्न खटिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या गरिएको थियो ।
छात्रामाथि एक शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले प्रदर्शन गरेका थिए । अवस्था असामान्य बनेपछि प्रहरीले निशेधाज्ञा नै लगाउनुपरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया