NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ३० गते

पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घट्यो

काठमाडौं । पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य घटेको छ ।
नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रुपैयाँ घटाएको हो ।

मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६५ रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ५५ रुपैयाँ प्रतिलिटर कायम भएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट बुधबार दिउँसो पेट्रोल पाँच रुपैयाँ र डिजेल दुई रुपैयाँ ९६ पैसा प्रतिलिटर घटेर आएका कारण नेपाली बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ। स्वचालित प्रणालीअनुसार मूल्य घटेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष