गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृह मन्त्रीको निर्देशन
काठमाडौं । गृह मन्त्री रमेश लेखकले गठ्ठाघरमा बिहीबार भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिएका छन् ।
ट्राफिक प्रहरीको लापरबाहीका कारण स्कुटरमा सवार एक व्यक्तिको ज्यान गएको भन्दै स्थानीयले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग अघि सारेपछि गृह मन्त्री लेखकले यसमाथि छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्तु कुँवरलाई निर्देशन दिएका हुन् ।
‘गठ्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस्,’ प्रहरी महानिरीक्षकलाई निर्देशन दिँदै लेखकले भने ।
बिहीबार दिउँसो गठ्ठाघर चोक नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिएर लछार्दै लैजाँदा स्कुटर चालक ओखलढुंगा घर भएका उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटना गराएर ट्रक चालक फरार रहेकोमा उनलाई बिहीबार नै प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
घटनापछि स्थानीयले ट्राफिक प्रहरीले असुरक्षितपूर्वक चेकजाँच गर्दा घटना हुन पुगेको भन्दै यसमाथि छानबिन गरेर दोषीउपर कारबाही गर्न माग गरेका छन् । उनीहरूले बिहीबार ट्राफिक प्रहरीविरुद्ध प्रदर्शनसमेत गरेका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया