टिकटकले नेपालमा कार्यालय राख्ने, बिहीबारदेखि प्रतिबन्ध खुलाउने तयारी
काठमाडौं । भिडियोमा आधारीत सामाजिक सञ्जाल टिकटकविरुद्धको प्रतिबन्ध नेपालमा खुल्ने भएको छ । सरकारले टिकटकलाई सर्तसहित नेपालमा सञ्चालन हुन दिन लागेको हो ।
नेपालमा सम्पर्क कार्यालय स्थापना गर्ने र अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवा गर्न लागिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चालन दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गर्ने सम्भावना छ । टिकटकले सरकारलाई प्रतिबन्ध खुलाउन बारम्बार आग्रह गर्दै आएको छ ।
टिकटकका कारण गलत सन्देष फैलिएको र सामाजिक सद्भावमा असर परेको भन्दै प्रचण्ड सरकारले गत वर्ष प्रतिबन्ध लगाएको थियो ।
ताजा अपडेट
-
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र
-
विकास आयोजनाको सुरक्षाका लागि ऊर्जा मन्त्रालयका ६ बुँदे अवधारणा : बिमादेखि सुरुङमार्गको पुनर्संरचनासम्म
-
पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी
-
म्याग्दीको अन्नपूर्णमा मेलाबाट उठेको रकम पर्यटनमा लगानी
-
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति


प्रतिक्रिया