सेनाले माग्यो २८० अधिकृत क्याडेट (विज्ञापनसहित)
काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा २८० जनशक्ति माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी सेनाले शुक्रबार आवेदन माग गरेको हो ।
सेनाले खुलातर्फ सबैभन्दा धेरै १४७ सिटमा आवेदन मागेको छ । त्यस्तै, महिलातर्फ २४, आदिवासी/जनजातितर्फ ३८, मधेसीतर्फ ३३, दलिततर्फ १८, पिछडिएको क्षेत्रतर्फ ६ र सैनिक तालिम, कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ सिटमा विज्ञापन गरिएको छ ।
प्रमाणपत्र तह उत्तीर्णका हकमा १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको र स्नातक तह उत्तीर्णको हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेकाले अधिकृत क्याडेट पदमा आवेदन दिन सक्नेछन् ।
आवेदन सिंगल दस्तुर तिरेर आगामी असोज ५ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १२ गतेसम्म दिन सकिनेछ ।
भर्ना छनोट निर्देशनालय र देशका सात वटै पृतनाबाट आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’



प्रतिक्रिया