NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

चितवनको घुमाउनेमा बस पल्टियो, १५ जना घाइते, २ को अवस्था गम्भीर

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९, घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।