आजको सेयर बजार : यी कम्पनीकाे मूल्यमा लाग्याे सकारात्मक सर्किट
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक सय २७ दशमलव ३२ अङ्कले उकालो लागेर दुई हजार आठ सय २३ दशमलव २५ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २२ दशमलव ९४ अङ्ले उकालो लागेर पाँच सय तीन दशमलव ८३ मा पुगेको छ । कूल तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर रु १३ अर्ब १० करोड ४६ लाख ३१ हजार आठ सय दुईमा कारोबार भयो ।
नेप्सेका अनुसार, नेशनल हाइड्रोपावर, वेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोगे्रसिभ फाइनान्स र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
लक्ष्मी उन्नति कोष चार दशमलव ७१, माईखोला हाइड्रोपावर तीन दशमलव ५९, एनआइसी एसिया फ्लेक्स एक दशमलव ८७, सनराइज फोकस्ड इक्विटी फण्ड एक दशमलव ८१ र सामुदायिक लघुवित्तका लगानीकर्ताले एक दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया