बागलुङमा सरकारी जीप दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं । बागलुङको गलकोट नगरपालिका–२, भुङ्खानीमा सरकारी जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।
बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ गइरहेको जीप आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा परेको गाडी रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको भएको खुलेको छ । गाडीमा जनप्रतिनिधि र कर्मचारी सवार थिए । तर मृतक र घाइतेको परिचय खुल्न सकेको छैन ।
प्रहरीले घाइतेको उद्धार गरी जिल्ला अस्पताल, बागलुङ पठाएको जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया