मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने

मुग्लिन । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ ।
मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो ।
२६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने काम सम्पन्न भएको उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । यस केबलकारको ‘बटम स्टेसन’ प्रवेशद्वार चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया