NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

५० लाख काण्डमा तीन प्रहरीलाई कारबाही सिफारिस

काठमाडौ ।क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेर छाडिएको घटनामा इन्स्पेक्टरसहित तीन प्रहरीलाई कारबाही सिफारिस गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसी नेतृत्वको छानबिन समितिले सो विषयमा सोमबार प्रतिवेदन बुझाउँदै कारबाही सिफारिस गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर प्रतीक सिंह, सहायक हवल्दार गणेश खड्का र प्रहरी जवान साजन शर्मा चपाईविरुद्ध कारबाही गर्न सिफारिस भएको हो। समितिले एआइजी किरण बज्राचार्यलाई प्रतिवेदन बुझाएको हो।
हवल्दार खड्काले भदौको दोस्रो साता आशिष आचार्यलाई क्रिप्टो कारोबारको आरोपमा पक्राउ गरेका थिए। दुई दिन थुनामा राखेर उनलाई छाडिएको थियो। त्यसबिचमा आचार्यका परिवारले तेज तामाङ नामक व्यक्तिलाई ५० लाख रुपैयाँ बुझाएका थिए। प्रहरीलाई बुझाउने नाममा त्यो पैसा लेनदेन भएको थियो। आचार्यको परिवारबाट त्यसबारे जानकारी पाएपछि प्रहरीले आन्तरिक छानबिन गरेको हो। तर, सो पैसा प्रहरीमा पुगेको प्रमाण फेला परेको छैन । इन्सपेक्टर सिंहको हकमा भने लापरबाही मात्र देखिएको छ । अन्य दुईले आर्थिक लेनदेन गरेको आशंका गरिएको छ । तामाङ फरार छन् ।

ताजा अपडेट

नेपालवाच विशेष