सिस्नेरी-दक्षिणकाली सडकखण्ड आजदेखि १२ दिन बन्द हुने
मकवानपुर । सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ ।
बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको सिस्नेरी–दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्ने भएकाले यही असोज १९ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी–फाखेल–मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडकखण्डबाट सञ्चालन गर्न उनले अनुरोध गरे ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया