झ्याप्ले खोलामा पुरिएको अवस्थामा भेटियो फेरि अर्को बस
काठमाडौं । नागढुंगा-नौबीसे सडक खण्डमा पर्ने झ्याप्लेखोलामा फेरि अर्को बस पुरिएको अवस्थामा फेला परेको छ ।
गोरखाबाट काठमाडौंतर्फ आएको एक बस बेपत्ता रहेकाले पुरिएको उक्त बस त्यही हुनसक्ने अनुमान गरिएको छ । तर बसको केही भाग मात्र देखिएकाले विस्तृतमा खुल्न बाँकी छ ।
अहिले त्यहाँ डोजर प्रयोग गरेर पहिरो हटाउने र पुरिएको बस निकाल्ने प्रयास भइरहेको छ ।
अविरल वर्षापछि शुक्रबार झ्याप्लेखोलामा पहिरो खसेको थियो । उक्त पहिरोमा केही सवारीसाधन पुरिएको हुनसक्ने आशंका गरिएकोमा शनिबार दुई बस भेटिएका थिए । जसबाट १४ शव निकालिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया