झ्याप्ले खोलामा पुरिएको अवस्थामा भेटियो फेरि अर्को बस
विस्तृत विवरण आउन बाँकी

काठमाडौं । नागढुंगा-नौबीसे सडक खण्डमा पर्ने झ्याप्लेखोलामा फेरि अर्को बस पुरिएको अवस्थामा फेला परेको छ ।
गोरखाबाट काठमाडौंतर्फ आएको एक बस बेपत्ता रहेकाले पुरिएको उक्त बस त्यही हुनसक्ने अनुमान गरिएको छ । तर बसको केही भाग मात्र देखिएकाले विस्तृतमा खुल्न बाँकी छ ।
अहिले त्यहाँ डोजर प्रयोग गरेर पहिरो हटाउने र पुरिएको बस निकाल्ने प्रयास भइरहेको छ ।
अविरल वर्षापछि शुक्रबार झ्याप्लेखोलामा पहिरो खसेको थियो । उक्त पहिरोमा केही सवारीसाधन पुरिएको हुनसक्ने आशंका गरिएकोमा शनिबार दुई बस भेटिएका थिए । जसबाट १४ शव निकालिएको थियो ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया