NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ३० गते

वीपी राजमार्ग दशैंअघि नखुल्ने, के छ नजिकका वैकल्पिक सडकको अवस्था ?

काठमाडौं । बाढी पहिरोले ध्वस्त भएको विपी राजमार्ग दशैंअघि सञ्चालनमा आउने सम्भावना न्यून रहेको सरकारले बताएको छ । भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयले नै प्रयास भइरहेपनि धेरै नै क्षति भएको र डाइभर्सन गरेर ट्रयाक खोल्न निकै दिन लाग्ने भएका छन् । सरकारको यो सूचनाले दशैंमा विपी राजमार्ग हुँदै पूर्वजाने तयारीमा रहेका यात्रुहरुको पीडा थपिएको छ । अर्काेतर्फ पृथ्वी राजमार्गमा पनि समस्या रहेकाले दशैंमा घर जाने सास्ती बढेको छ ।

यद्यपी सरकारले चाहेमा विपी राजमार्ग आसपासकै अन्य ग्रामिण सडकहरुमार्फत समेत पूर्वजाने व्यवस्था गर्न सक्ने देखिन्छ ।
यसको पहिलो विकल्पमा धुलिखेल भुकण्डेबेशी, तेमाल, मेच्छे हुँदै नेपालथोकको सडक छ । भुकण्डेसम्म सडक सुचारु भइसकेको छ । यहाँ तेमालको बाटो हुँदै फेरि विपी राजमार्ग नै जोडिन्छ । यद्यपी यो बाटो पनि पहिरोबाट प्रभावित छ । तर, तेमालसँग बिहीबार नै ट्रयाक खुलिसकेको छ ।

अर्काे विकल्प अरनिको राजमार्ग छ । दोलालघाट, चरिकोट, मन्थली हुँदै मुलकोट नजिकै विपी राजमार्ग जोडिन्छ ।
तेस्रो विकल्पका रुपमा हेटौंडाको बाटो छ । तर, यो बाटो पनि अझै सुचारु हुन सकेको छैन । बाढी पहिरोले ठूलो क्षति गरेकाले तिव्रताका साथ मर्मत गर्नुपर्ने अवस्था छ ।

ताजा अपडेट

नेपालवाच विशेष