प्रहरी आफैं तस्करीमा लागेपछि…
काठमाडौं । सीमा नाकामा तस्करी रोक्ने प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी आफैं तस्करीमा लागेछि कारबाहीमा परेका छन् ।
विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोज्ने सशस्त्र प्रहरी बल नेपालका तीन जना कर्मचारीमाथि संगठनले कारबाही अघि बढाएको हो ।
अफिस प्रयोजनको लागि भन्दै निजि गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्धती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार राम बहादुर कुवरलाई नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडि बढाएको हो ।
त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनीहरुलाई नं. ३४ गण कैलालीले नियन्त्रणमा लिएको थियो । सीमामा कुनै प्रहरीले दुःख दिएमा प्रधान कार्यलयमा खबर गर्न सशस्त्र प्रहरी बलले आग्रह गरेको छ ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया