प्रधानन्यायाधीशमा आज राउत नियुक्त हुँदै, शपथ पनि आजै
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई आज प्रधानन्यायाधीशमा नियुक्त गर्ने तयारी गरिएको छ । राउतले आजै पद तथा गोपनीयताको शपथ लिनेछन् ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १८ बाट अवकाशमा जाने भएपछि संवैधानिक परिषद्को गत भदौ ३१ गतेको बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेपछि उनलाई प्रधानन्यायाधीश नियुक्त गर्न लागिएको हो ।
राउतलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् । लगत्तै शीतलनिवासमा एक समारोह आयोजना गरेर आइतबार दिउँसो १ बजे उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ ।
संसदीय समितिमा विभिन्न प्रश्न र आरोप सामना गरेर प्रधानन्यायाधीशमा अनुमोदन भएका राउत अबको डेढ वर्ष यो भूमिकामा रहनेछन् ।
ताजा अपडेट
-
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी
-
एनपीएलका सबै खेलले पाए आईसीसीको आधिकारिक मान्यता
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो


प्रतिक्रिया