प्रधानन्यायाधीशमा आज राउत नियुक्त हुँदै, शपथ पनि आजै
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई आज प्रधानन्यायाधीशमा नियुक्त गर्ने तयारी गरिएको छ । राउतले आजै पद तथा गोपनीयताको शपथ लिनेछन् ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १८ बाट अवकाशमा जाने भएपछि संवैधानिक परिषद्को गत भदौ ३१ गतेको बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेपछि उनलाई प्रधानन्यायाधीश नियुक्त गर्न लागिएको हो ।
राउतलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् । लगत्तै शीतलनिवासमा एक समारोह आयोजना गरेर आइतबार दिउँसो १ बजे उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ ।
संसदीय समितिमा विभिन्न प्रश्न र आरोप सामना गरेर प्रधानन्यायाधीशमा अनुमोदन भएका राउत अबको डेढ वर्ष यो भूमिकामा रहनेछन् ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया