बङ्गलादेशमा बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित
बङ्गलादेश । भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण बङ्गलादेशको उत्तरी मैमनसिंह क्षेत्रमा छ जनाको मृत्य हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् प्रतिक्रिया समन्वय केन्द्र (एनडिआरसिसी) का अनुसार मैमनसिंह, शेरपुर र नेर्तोकोना गरी तीन जिल्लाका तल्लो क्षेत्रमा बाढी आएको हो ।
केन्द्रको पछिल्लो तथ्याङ्कअनुसार सोमबारसम्म बाढीमा चार पुरुष र दुई महिलासहित छ जनाको मृत्यु भएको छ । केन्द्रका अनुसार बाढीले मानव जीवन, भौतिक सम्पत्ति तथा र बालीनालीलाई ठूलो क्षति पुर्याएको छ ।
बाढी प्रभावित जिल्ला शेरपुरमा बाढीको स्थिति केही सुधार भए पनि नेर्तोकोना र मैमनसिंहका केही भागमा बाढीको अवस्था बिग्रँदै गएको जनाइएको छ । बाढीको प्रभाव बढ्दै जाँदा जमिनको ठूलो भूभाग डुबानमा परेको छ ।
बङ्गलादेश र यसको वरपरका सीमावर्ती उत्तरपूर्वी भारतीय क्षेत्रहरूमा भारी वर्षापछि अक्टोबर ४ मा सुरु भएको वर्षापछिको बाढीबाट दुई लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए ।
मैमनसिंह डिभिजनका वरिष्ठ अधिकारी ओम्मी सलमा तान्जियाले जिल्लामा समग्र बाढीको अवस्थाा सुधार भए पनि हजारौँ परिवार अझै पनि आश्रयमा रहेको र शेरपुर सबैभन्दा बढी प्रभावित क्षेत्रको रूपमा देखापरेको बताए ।
उनका अनुसार सीमावर्ती जिल्लाका केही क्षेत्रहरू अझै पनि सडक सञ्जाल प्रभावित हुँदा टाढा–टाढाका प्रभावित क्षेत्रहरूमा राहत पुर्याउन असहज भइरहेको छ ।
बाढी पूर्वानुमान तथा चेतावनी केन्द्रले सोमबार जारी गरेको बाढी बुलेटिनमा स्थानीय जिन्जिराम नदी र सोमेश्वरी नदी खतराको निशानभन्दा माथि बगिरहेको देखाएको छ ।
अधिकारीहरूले उद्धार तथा राहत सामग्री वितरण गर्न र बाढी प्रभावित मानिसहरूले शरण लिएका केन्द्रहरूको निरीक्षण गर्न विपद् प्रतिक्रियाको टोली पठाएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया