शुक्रबार र शनिबार उपत्यकामा प्रहरीको निशुल्क बस सेवा
काठमाडौं । विजयादशमीको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा दुईदिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार यो वर्षको महाअष्टमी÷महानवमी र विजयादशमीका दिन निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो । असोज २५ र २६ गते काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन गरिने प्रहरीले सूचना जारी गरेको छ ।
प्रहरीले दुई रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो । रुट नम्बर–१ अन्तर्गत नयाँ बसपार्क, बालाजु, बल्खु, सातदोबाटो, लगनखेल, थापाथली, पुतलीसडक, नक्साल, टिचिङ, चक्रपथ हुँदै बस सञ्चालन गरिनेछ ।
रुट नम्बर–२ अन्तर्गत एयरपोर्ट, कोटेश्वर, ठिमी, सूर्यविनायक, गौशाला, चाबहिल, चक्रपथ, बालुवाटार, नक्साल, रातोपुल हुँदै बस सञ्चालन गरिने प्रहरीले जनाएको छ ।
दुवै रुटमा बिहान र अपराह्न गरी दुई सिफ्टमा बस सेवा सञ्चालन गरिने जनाइएको छ ।
ताजा अपडेट
-
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी
-
एनपीएलका सबै खेलले पाए आईसीसीको आधिकारिक मान्यता
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो


प्रतिक्रिया