काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टरसहित एक जना पक्राउ
कृष्णनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका–६, जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ ।
आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरख समेतलाई पक्राउ गरिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिए ।
चोरी तथा निकासी भइरहेको सूचनाका आधारमा काठ, ट्याक्टर र त्यसमा सङ्लग्न खानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए ।
ताजा अपडेट
-
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी
-
एनपीएलका सबै खेलले पाए आईसीसीको आधिकारिक मान्यता
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो


प्रतिक्रिया