बाढीले हरिनगरमा २४ करोड २७ लाखको क्षति

इनरुवा । हालैको बाढीले हरिनगर गाउँपालिकामा रु २४ करोड २७ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त पालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायतमा उक्त रकम बराबरको क्षति भएको हो ।
हरिनगरमा बाढीले सात वटा विद्यालय, छ वटा पुल तथा सडक आंशिक क्षति भएको तथा नौ सय बिघामा लगाइएको बाली नष्ट भएको छ । एक हजार छ बिघामा लगाइएको बालीमा भने आंशिक क्षति भएको छ ।
त्यसैगरी, ४० बिघा जमिन पूर्ण रुपले र ५५ बिघा जमिनमा आंशिक क्षति क्षति भएको छ । तीनवटा स्वास्थ्य चौकी भत्कनुका साथै २५ वटा चौपाया मरेका उक्त कार्यालयले जनाएको छ । बाढीले भत्केका भौतिक संरचनाको मर्मतसम्भार प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया