बाढीले हरिनगरमा २४ करोड २७ लाखको क्षति
इनरुवा । हालैको बाढीले हरिनगर गाउँपालिकामा रु २४ करोड २७ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त पालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायतमा उक्त रकम बराबरको क्षति भएको हो ।
हरिनगरमा बाढीले सात वटा विद्यालय, छ वटा पुल तथा सडक आंशिक क्षति भएको तथा नौ सय बिघामा लगाइएको बाली नष्ट भएको छ । एक हजार छ बिघामा लगाइएको बालीमा भने आंशिक क्षति भएको छ ।
त्यसैगरी, ४० बिघा जमिन पूर्ण रुपले र ५५ बिघा जमिनमा आंशिक क्षति क्षति भएको छ । तीनवटा स्वास्थ्य चौकी भत्कनुका साथै २५ वटा चौपाया मरेका उक्त कार्यालयले जनाएको छ । बाढीले भत्केका भौतिक संरचनाको मर्मतसम्भार प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया