NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

‘फाइनान्सियल रिपोर्टिङ’मा शतप्रतिशत अंक ल्याउँदै बीपीसीका विद्यार्थी शर्मा बने विश्वकै सर्वोत्कृष्ट

काठमाडौँ । द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)का विद्यार्थी आशुतोष शर्मा शतप्रतिशत अंक प्राप्त गर्दै विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेका छन् ।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको बीपीसीका विद्यार्थी शर्माले गत सेप्टेम्बरमा भएको एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अन्तर्गत फाइनान्सियल रिपोर्टिङको परीक्षामा पूर्णाङ्क प्राप्त गरेका हुन् ।

बीपीसी/एसीसीएका विद्यार्थीहरुले विगतदेखि निरन्तर रुपमा विश्वमै सर्वोत्कृष्ट अंक प्राप्त गर्दै आएका छन् । अघिल्ला रेकर्डहरुलाई तोड्दै यस पटक शर्माले सर्वोत्कृष्ट अंक प्राप्त गरेका हुन् । यससँगै उनी नेपालबाट पहिलो पटक शत प्रतिशत अंक ल्याउने विद्यार्थी पनि बनेका छन् ।

यसअघि बीपीसीमा अध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुन महिनामा भएको ‘ट्याक्सेसन’ विषयको परिक्षामा क्रमशः ९८ प्रतिशत ल्याउँदै विश्वकै दोस्रो र ९७ प्रतिशत अंक ल्याउँदै विश्वकै तेस्रो स्थान हासिल गरेका थिए । त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हासिल गरेका थिए । रिया मानन्धर र रेजिका महर्जन पनि दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए ।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तराष्ट्रिय लेखा निकाय हो । विश्वका १८० देशमा फैलिएको एसीसीएमा ५ लाख २६ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले विश्वस्तरको नतिजा ल्याउनु अविश्वसनिय उपलब्धि रहेको कलेजको भनाइ छ।

‘विश्वभरीका लाखौं विद्यार्थीहरुले दिएको फाइनान्सियल रिपोर्टिङको परीक्षामा शतप्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बन्नु एउटा असाधरण उपलब्धि हो । यस विशिष्ट नतिजाले ब्रिटिस कलेजको अध्यापन शैली अन्तर्राष्ट्रियस्तरको रहेको प्रमाणित भएको छ,’ शर्माको असाधरण उपलब्धिमा बधाई ज्ञापन गर्दै कलेजका एसीसीए सिनियर प्रोग्राम म्यानेजर दिपेन्द्र श्रेष्ठले भने, ‘यस उपलब्धिले हाम्रो शिर पनि उँचो बनाएकोले आशुतोषसँगै सम्बन्धित विषयका शिक्षकलाई पनि बधाई दिँदै आगामी दिनमा पनि यस्तै नतिजाको पर्खाइमा छौं ।’

ताजा अपडेट

नेपालवाच विशेष