चार सय ४५ व्यवसायीलाई नापतौल इजाजत
जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले गत आर्थिक वर्ष ०८०/८१ मा चार सय ४५ उद्योग तथा व्यवसायीलाई व्यवसाय कारोवार गर्न नयाँ नापतौल सम्बन्धी इजाजतपत्र प्रदान गरेको छ ।
सो कार्यालयले दुई हजार तीन सय ६८ व्यवसायीको नापतौल यन्त्रको जाँचसमेत गरेको जनाएको छ । प्राप्त विवरणअनुसार तोकिएको मापदण्ड विपरीत ढक र तराजु प्रयोग गर्न एक हजार सात सय १७ व्यापारीलाई कारबाही गरी जरिवानासमेत गरिएको कार्यालय प्रमुख मुकुन्द चौहानले बताए।
धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापगरी कूल पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले विभिन्न कारवाही, नापतौल यन्त्रको इजाजतपत्र प्रदान तथा नवीकरण बापत गत आर्थिक वर्षमा रु ४० लाख ६७ हजार दुई सय ४२ राजस्व सङ्कलन गरेको जनाएको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया