एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन् एजेण्डा
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा साँझ ५ बजे सचिवालय बैठक बस्ने तय भएको हो ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले समसामयिक राजनीतिकलगायत विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको जनाएको छ ।
एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएको तीन महिना पुगे पनि सरकारले आशा जगाउन सकेको छैन । कार्यमूलक हुन नसकेको सरकारले विवादास्पद काम गर्दा आलोचनाको तारो बनिरहेको छ । अदालतबाट दोषी ठहर भएका व्यवसायी मीनबहादुर गुरुङले पार्टी कार्यालयका लागि दान गरेको जग्गा दशैंको छेको पारेर स्वीकार गरेपछि एमालेको नियतमाथि नै प्रश्न उठाइएका छन् । एकपछि अर्को विवाद र अकर्मण्यतामा सरकार फसेपछि तथा अपेक्षित ढंगले काम गर्न नसकेपछि सत्तारुढ दलभित्रै सुशुप्त रूपमा यसको विकल्पबारे छलफल हुन थालेका छन् ।
सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको कुनै प्रमाण नभेटिएका रास्वपाका सभापति रवि लामिछाने पक्राउ प्रकरणले सरकारमाथि राजनीतिक प्रतिशोध साधेको आरोप लागेको छ । जिल्ला अदालत, कास्कीको अनुमतिमा शुक्रबार साँझ लामिछाने पक्राउ परेपछि रास्वपाले यसको विरोधमा देशका विभिन्न भागमा प्रदर्शन जारी राखेको छ ।
बैठकमा स्थानीय तहको उपनिर्वाचनका विषयमा पनि छलफल हुने नेताहरूले जनाएका छन् । स्थानीय तहमा विभिन्न कारणले रिक्त बनेका पदहरूमा आगामी मंसिर १६ गते निर्वाचन हुँदैछ ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू


प्रतिक्रिया