कात्तिक १० गते माओवादी केन्द्रले काठमाडौंमा खबरदारीसभा गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले कात्तिक १० गते खबरदारीसभा गर्ने भएको छ । सरकारले गरेका र गर्न आँटेका खराब कामको विरोध तथा खबरदारी गर्न माओवादी केन्द्रले विरोधसभा गर्न लागेको हो ।
नेकपा माओवादीका एक नेताले पार्टी केन्द्रीय कार्यालयको बैठकले कात्तिक १० गते सरकारविरुद्ध खबरदारीसभा गर्ने निर्णय गरेको जानकारी दिए ।सरकार मनपरी ढंगले जनभावनाविपरीत अघि बढेकाले दबाब बढाउन यस्तो कार्यक्रम आवश्यक परेको ती नेताको भनाइ छ ।
पार्टी कार्यालय पेरिसडाँडामा पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खबरदारीसभाको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया