सहकारी ठगीमा आइजिपीका दाइलाई जोगाएको आरोप

काठमाडौं । सहकारी ठगीका नाइके जिबी राइसँग निकट रहेका राष्ट्रपतिका सल्लाहकार बाबुराम कुँवरमाथि छानविनको माग बढेको छ । जिबीका कम्पनीमा कुँवर सल्लाहकार हुँदा विभिन्न सहकारीबाट करोडौं रकम लगेर अपचलन भएको थियो । जिबी र कुँवरबीच घनिष्ट सम्बन्ध रहेकाले पनि छानविनको माग बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समेत मंगलबार पत्रकार सम्मेलन गरी यसको माग गरेको छ । तर, कुँवरमाथि छानविन हुन सकेको छैन । उनी प्रहरी महानिरीक्षक बसन्त कुँवरका दाई हुन् । आइजिपीले दाई संलग्न भएका कतिपय कागजपत्रहरु समृेत नष्ट गराएको आरोप लागेको छ ।
सहकारीको रकम गएको कम्पनीको सञ्चालक भएकै आधारमा रवि लामिछानेलाई पक्राउ गरी मुद्दा दायर गर्ने तर मुख्य सल्लाहकारलाई जोगाउने नीति देखिएपछि अनुसन्धान विवादमा परेको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया