एक करोड ८६ लाखको सामानसहित दुई ट्रक नियन्त्रणमा
वीरगञ्ज । प्रहरीले बिलबिजकभन्दा बढीको खुद्रा तथा औषधि बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट रु एक करोड ८६ लाख मूल्य पर्ने खुद्रा तथा औषधि बोकेका ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सुदूरपश्चिम प्रदेश ०१–००१ ख २६९९ तथा सुदूरपश्चिम ०१–००१ ख २६६१ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । बिजबिजकभन्दा बढीका सामान बोकेको आशङ्कमा ट्रक नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । दुवै ट्रक आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।
यसअघि पर्सा प्रहरीले यही कात्तिक ७ गते पनि बिलबिजक नभएको रु एक करोड १४ लाख मूल्य पर्ने लत्ताकपडा तथा औषधि बोकेको ट्रक नियन्त्रणमा लिएको थियो । प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघरचोकबाट ना ३ ख ५१८७ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया