नेचर हर्ब्स सञ्चालक थुनामा, वरिष्ठ सल्लाहकार राष्ट्रपति कार्यालयमा

काठमाडौं । सहकारीको पैसा गैरकानुनी रूपमा लगेर दुरुपयोग गरेको आरोपमा नेचर हर्ब्स प्रालि तथा गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक रामबहादुर खनाल यतीबेला प्रहरी थुनामा छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई शुक्रबार पानीपोखरीबाट पक्राउ गरी उनलाई पोखरा पठाएको हो ।
तनहुँको भानु नगरपालिका– ८ घर भएका खनालले गितेन्द्रबाबु (जिबी) राईसँग मिलेर सो कम्पनी सञ्चालन गरेका थिए। जिल्ला अदालत, कास्कीले पक्राउ अनुमति जारी गरेपछि खनाल पक्राउ परेको बताइएको छ । सहकारी ठगीमा प्रत्यक्ष सम्पर्क नभएपनि नेचर हब्र्सको सञ्चालक भएकै आधारमा उनी पक्राउ परेका हुन् ।
सो कम्पनीका पूर्वसञ्चालक छविलाल जोशी हाल थुनामै छन् भने मुख्य सञ्चालक राई फरार छन्। सो कम्पनीका अर्का हर्ताकर्ता रहेका वरिष्ठ अधिवक्ता बाबुराम कुँवर भने हाल राष्ट्रपति रामचन्द्र पौडेलको कानुनविज्ञका रूपमा कार्यरत छन्। उनीमाथि भने अनुसन्धान नै हुन सकेको छैन । कुँवरले आफु सल्लाहकार मात्र भएको बताएपनि मुख्य सल्लाहकारको रुपमा त्यसबेला कार्यकारी भूमिकामै थिए । संसदीय छानविन समितिका सभापति सूर्य थापाले समेत उनी पदमा बस्नु राष्ट्रकै बेइज्जत भएको बताएका छन् ।
तर, आफ्नै भाई बसन्तबहादुर कुँवर आइजिपी भएकाले आफुमाथि अनुसन्धान नहुने ठानेर उनले राजीनामा दिएका छैनन् । आइजिपी कुँवरमाथि पनि दाईलाई जोगाउन प्रमाण नै नष्ट गरेको आरोप लागेको छ।
त्यसरी पैसा लगिएको कम्पनीमा त्यसबेला सञ्चालक रहेकै आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने तथा पूर्वडिआइजी जोशीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया