मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु
स्वर्गद्वारी । प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको ज्यान गएको छ ।
ऐरावती गाउँपालिका-४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका-५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।
उनका अनुसार शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कुँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्न गई घाइते भएका थिए ।
घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्युठान नगरपालिका–१ चेरनेटा बस्ने २३ वर्षीय विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू


प्रतिक्रिया