विर्तामोडमा खुल्यो कर्मचारी सञ्चय कोषको सेवा केन्द्र
झापा । कर्मचारी सञ्चयकोषले झापाको विर्तामोडमा सेवा केन्द्र विस्तार गरेको छ । आज एक कार्यक्रमबीच कोषका केन्द्रीय प्रशासक जितेन्द्र धितालले सेवा केन्द्रको शुभारम्भ गरे ।
साबिक मेची अञ्चलको झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सञ्चयकर्ता सेवाग्राहीको सुविधाका लागि सेवा केन्द्र सञ्चालनमा ल्याइएको र यसले सेवा लिन विराटनगर धाउनुपर्ने बाध्यताको अन्त्य भएको धितालले बताए ।
कोषले प्रविधिमा भइरहेको विकाससँगै अनलाइनमार्फत सेवा प्रवाह गरिरहेको भए पनि धितोमा आधारित कर्जालगायत अन्य सेवा प्रवाहका लागि स्थानीयस्तरमा सेवा केन्द्रको स्थापना महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
सेवा केन्द्रका प्रमुख दीपेन्द्र सापकोटाले कोषमार्फत सञ्चयकर्ताको सेवाकालीन आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, घर मर्मत सापटी, शैक्षिक सापटी र सरल कर्जा प्रवाह भइरहेको जानकारी दिए। उनले सञ्चयकर्ताको सामाजिक सुरक्षाका लागि सुत्केरी तथा शिशु स्याहार योजना, स्वास्थ्य उपचार योजना दुर्घटना क्षतिपूर्ति योजना र काजकिरिया अनुदान योजना सञ्चालन भइरहेको बताए ।
कर्मचारी सञ्चयकोष ऐन २०१९ बमोजिम सञ्चय कोषले आवश्यक व्यवस्थापन गर्दै आएको छ । हाल निवृत्तिभरण कोष ऐन २०७५ बमोजिम विसं २०७६ साउनदेखि नियुक्त भएका कर्मचारीहरुको योगदानमा आधारित निवृत्तिभरणको व्यवस्थापनसमेत कोषले गरिरहेको शाखा कार्यालय विराटनगरका प्रमुख रामशरण अर्यालले बताए ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया