ट्रम्प र बाइडनबीच भेटवार्ता, चुनाव हारेकी ह्यारिस अनुपस्थित
काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडनबीच भेटवार्ता भएको छ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित बनेपछि पहिलो पटक दुईबीच भेटवार्ता भएको हो ।
ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले भेटवार्ताका लागि ह्वाइट हाउसमा निम्तो दिएका थिए । अमेरिकामा नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउसमा बोलाएर भेट गर्ने परम्परा छ । तर यसअघि ट्रम्पले यो परम्परालाई तोड्दै बाइडनलाई ह्वाइट हाउसमा भेटवार्ताका लागि आह्वान गरेका थिएनन् ।
बाइडेनले ट्रम्पलाई न्यानो स्वागत गर्दै जितका लागि शुभकामना दिएका छन् । उक्त अवसरमा दुवैले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने सहमति जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
“चुनावमा विजयी भएकोमा तपाईंलाई धेरै धेरै बधाई छ। हामी सहज रूपमा शक्ति हस्तान्तरणको आशा गर्दछौं,’ बाइडेनको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ ।
स्वागत तथा बधाईका लागि धन्यवाद दिँदै ट्रम्पले अवस्था कठिन रहेको बताए । उनले सहज शक्ति हस्तान्तरण सबै अर्थमा राम्रो हुने उनको भनाइ थियो ।
उपराष्ट्रपतिसमेत रहेकी डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार कमला ह्यारिस भने बैठकमा अनुपस्थित रहिन् ।
भेटका लागि जो बाइडेनले ट्रम्पलाई ह्वाइट हाउसमा निम्तो दिएका थिए। तर सन् २०२० मा जो बाइडेनसँग राष्ट्रपतिमा पराजित भएका ट्रम्पले भने जो बाइडेनलाई बैठकको निम्तो दिएका थिएनन् । राष्ट्रपति चुनावमा धाँधली भएको आरोप लगाएका उनले बाइडेनको सपथ ग्रहण समारोह पनि बहिष्कार गरेका थिए। यति मात्रै होइन, उनका समर्थकले ह्वाइट हाउस नजिकै हिंसात्मक प्रदर्शनसमेत गरेका थिए ।
राष्ट्रपतिको दोस्रो कार्यकालका लागि ट्रम्प्ले आगामी जनवरी २० मा शपथ लिने तय छ । बाइडेन भने त्यसमा उपस्थित हुने आकलन गरिएको छ ।
ताजा अपडेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो


प्रतिक्रिया