NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

दार्चुलामा जीप दुर्घटना, ७ जनाको मृत्यु, ६ को अवस्था गम्भीर

खलंगा । दार्चुलामा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५, लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९, नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो ।

एकजनाको परिचय खुलेकोे छैन ।