फर्निचरसहित दुई घरमा आगलागी, जलेर वृद्धाको मृत्यु
काभ्रेपलाञ्चोक । गएराति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९, काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका साथै एक वृद्धाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, धुलिखेलका अनुसार शुक्रबार राति ९ः३० बजे उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा सोही उद्योगका कामदार काठमाडौंको शङ्खरापुर नगरपालिका–१, नाङ्लेभारेका तोयानाथ दङ्गालकी श्रीमती ७० वर्षीया वृद्धा टीकादेवी दङ्गालको जलेर मृत्यु भएको हो । आगलागीमा घाइते तोयानाथको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
उद्योगबाट सुरू भएको आगोबाट नजिकका कृष्ण विकको कच्ची घर तथा धु्रवबहादुर विकको जस्तापाताको टहरोसमेत जलेका छन् । उक्त आगलागी पाँच वटा दमकलको सहायताबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा पौने दुई बजे नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले बताए ।
आगलागीबाट उद्योगको रू ८० लाख, अन्य दुई घरको रू १० लाख बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कनबाट देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पताल लगिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया