अनुदान सहायता रोक्ने निर्णयबाट पछि हटे ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सबै किसिमका वैदेशिक सहायता रोक्ने निर्णयबाट पछि हटेका छन् ।
ह्वाइटहाउसमा कमब्याक भएसँगै ट्रम्पले सबै किसिमका वैदेशिक अनुदान ९० दिनका लागि स्थगित गर्ने निर्णय लिएका थिए । यससम्बन्धी निर्णय कार्यान्वयन गर्न ट्रम्प प्रशासनले सबै देशमा पत्राचारसमेत गरेको थियो । यसले विश्वभर एकखालको तरंग सिर्जना गरिरहेका बखत अदालतले अनुदान सम्बन्धी ट्रम्प प्रशासनको निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश लोरेन अली खानको इजलासले अनुदान स्थगनको निर्णयबाट लाखौं व्यक्ति त्रस्त बनेकाले यसलाई तत्काल यथास्थितिमा राख्न आदेश दिएको बिबिसी समाचारमा उल्लेख छ ।
योसँगै अनुदान वितरण रोक्ने ट्रम्पको चाहनामा ठेस पुगेको छ भने यसबाट त्रस्त बनेकालाई राहत पुगेको छ ।
अमेरिकाले लामो समयदेखि विश्वका विभिन्न मुलुकमा स्वास्थ्य, शिक्षा, विकासलगायतमा अनुदान सहयोग उपलब्ध गराएर सहायता गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया