किन संघर्षमा छन् आवासीय चिकित्सक ?
काठमाडौं । आवासीय चिकित्सकहरूले संघर्षका कार्यक्रम बढाउँदै लगेका छन् ।
सरकारी चिकित्सक सरह पारिश्रमिक र सुविधा माग गर्दै आइरहेका आवासीय चिकित्सकहरूले शुक्रबारबाट थप संघर्षका कार्यक्रम गर्न लागेका हुन् ।
चरम श्रम शोषण र आत्मसम्मानमाथिको निर्मम प्रहारविरुद्ध विरोधका कार्यक्रम सञ्चालन गर्न लागेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले जनाएको छ ।
त्यसअन्तर्गत शुक्रबार आवासीय चिकित्सकहरूले पेनडाउन गर्दैछन् । शुक्रबार बिहान ९ बजेदेखि १० बजेसम्म आफू कार्यरत अस्पतालमा पेनडाउन र एप्रोनसहित प्रदर्शन गर्न लागिएको हो ।
त्यस्तै, शुक्रबार नै आवासीय चिकित्सकहरूले काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्दैछन् । संघर्ष समितिको आयोजनामा दिउँसो १ बजे त्यहाँ विरोध प्रदर्शन गर्न लागिएको हो ।
इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरूले लामो समयदेखि न्यायोचित सेवा सुविधाको माग गर्दै आइरहेका छन् । सरकारी चिकित्सकसरह सेवा सुविधा दिनुपर्नेमा त्यसो नगरी चरम श्रमशोषण गरिएको उनीहरूको आरोप छ ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया