चार दिनसम्म स्थिर रहेको सुनको भाउ फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनको भाउ मंगलबार पुनः वृद्धि भएको छ । चार दिनसम्म एउटै बिन्दुमा रोकिएको सुनको मूलय मंगलबार १ हजार ९०० रूपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघले छापावाल सुनको मंगलबारकाे काराेबार मूल्य प्रतितोला १ लाख ६४ हजार ७०० तोकिएकाे जनाएको छ। यसअघि गत चार दिन सुन प्रतितोला १ लाख ६२ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार बढेको छ । चाँदीको मूल्य मंगलबार प्रतितोला १ हजार ९३० रूपैयाँ कायम गरिएको हो । यो अघिल्लो दिनको तुलनामा ३५ रूपैयाँले बढी हो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया