न्यायाधीश ढकालको इजलासमा रविको मुद्दा
काठमाडौं । चितवनको साहरा सहकारी ठगी गरेको अभियोग खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा जिल्ला अदालत, चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।
मंगलबार अदालतमा रविसहित १५ जनाविरुद्ध सहकारी ठगीको अभियोगमा मुद्दा दर्ता भएको थियो । यो मुद्दाको पेसी मंगलबार ढकालको इजलासमा तोकिएको हो ।
मुद्दा दर्ताको पहिलो नम्बरमा नै रविको नाम रहेकाले अहिले अदालतमा उनको बयान सुरु भएको छ ।
रविको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । सरकारी वकिल, जाहेरवालाको वकिल र रविको पक्षका वकिलबीच थुनछेक बहस सकिएपछि अदालतले साधारण तारिख र धरौटीमा छाड्ने या पुर्पक्षका लागि कारागार चलान गर्नेमध्ये कुनै एक निर्णय लिनेछन् ।
देशभरका पाँच वटा सहकारी ठगी गरेको अभियोग खेपिसकेका लामिछाने तीन वटा अदालतबाट धरौटीमा रिहा भइसकेका छन् ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया