न्यायाधीश ढकालको इजलासमा रविको मुद्दा
काठमाडौं । चितवनको साहरा सहकारी ठगी गरेको अभियोग खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा जिल्ला अदालत, चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।
मंगलबार अदालतमा रविसहित १५ जनाविरुद्ध सहकारी ठगीको अभियोगमा मुद्दा दर्ता भएको थियो । यो मुद्दाको पेसी मंगलबार ढकालको इजलासमा तोकिएको हो ।
मुद्दा दर्ताको पहिलो नम्बरमा नै रविको नाम रहेकाले अहिले अदालतमा उनको बयान सुरु भएको छ ।
रविको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । सरकारी वकिल, जाहेरवालाको वकिल र रविको पक्षका वकिलबीच थुनछेक बहस सकिएपछि अदालतले साधारण तारिख र धरौटीमा छाड्ने या पुर्पक्षका लागि कारागार चलान गर्नेमध्ये कुनै एक निर्णय लिनेछन् ।
देशभरका पाँच वटा सहकारी ठगी गरेको अभियोग खेपिसकेका लामिछाने तीन वटा अदालतबाट धरौटीमा रिहा भइसकेका छन् ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया